फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियामा सत्ता परिवर्तन नखोजेको अमेरिकाको भनाइ

(GMT+08:00) 2017-05-04 16:22:15

अमेरिकाले उत्तर कोरियाको सत्ता परिवर्तन नखोजेको र भविष्यमा उत्तर कोरियासँग वार्ता गर्ने धारणा खुला भएको अमेरिकी विदेश मन्त्री रेक्स टिलेर्सनले मे तीन तारिख बताउनुभएको छ। तैपनि अमेरिकाले उत्तर कोरियामाथि नाकाबन्दी लगाउन तत्पर भएको पनि जनाइएको छ।

सोही दिन रेक्सले अमेरिकी विदेश मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई गर्नुभएको सम्बोधनमा पूर्वाधार उचित भएको बेला अमेरिकाले वार्तालाई पुनः शुरु गर्ने इच्छा राखेको बताउनु भएको छ। तर उत्तर कोरियाले क्षेप्यास्त्रको परीक्षणलाई निरन्तरता दिएमा वा फेरि पनि आणविक परीक्षण गरेमा अमेरिकाले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउने भन्ने कुरा अमेरिकी विदेश मन्त्री रेक्सले उल्लेख गर्नुभएको छैन।

जानकारी तथा लेखहरु