फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

(GMT+08:00) 2017-05-05 14:34:02

चिनियाँ राजदूत यू होङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहीबार भेटवार्ता भएको छ। भेटका क्रममा नेपालमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास चीनले लिएको राजदूत होङले बताएको अनलार्इनखबरले लेखेको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा उनले पहिलो चरणको निर्वाचनको मनोनयन सफलतापूर्वक सम्पन्न गराइएको भन्दै नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई बधाई समेत दिएका थिए।

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनेमा राजदुत विश्वस्त रहेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए।

राजदुतसँगको भेटमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सबै मिलेर सम्पन्न गर्ने र दोस्रो चरणको निर्वाचन पनि बजेट अघि नै गर्ने विषयमा छलफल भइरहेको जानकारी गराएका थिए।

अध्यक्ष ओली र राजदुत होङबीच द्विपक्षीय हितका विविध विषयमा पनि कुराकानी भएको थियो।

जानकारी तथा लेखहरु