फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग" सुरक्षा सहयोग वार्ता पैचिंगमा

(GMT+08:00) 2017-05-05 10:51:50

चिनियाँ राष्ट्रिय सुरक्षा मन्त्रालयले बीस भन्दा बढी मुलुकका सुरक्षा विभागहरूसँग गरेको "एक पेटी एक मार्ग" सुरक्षा सहयोग वार्ता चार तारिख पैचिंगमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य मङ चेन चुले ती मुलुकका प्रतिनिधि मण्डलहरूका प्रमुखहरूसँग भेटवार्ता गर्नुभएको छ। साथै चीनको राज्य परिषदका सदस्य एवम् चीनका सार्वजनिक सुरक्षा मन्त्री को शङ खुनले उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको छ।

भेटको क्रममा मङ चेन चुले तीन वर्षअगाडि चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा प्रस्तुत गरिएको "एक पेटी एक मार्ग" प्रस्तावलार्इ अन्तर्राष्ट्रिय समाजद्वारा समर्थन जनाइएको बताउँदै एक सय वटाभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठन संयुक्त रुपमा संलग्न भएको बताउनुभयो। पैचिंगमा आयोजना हुनलागेको "एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च "एक पेटी एक मार्ग" प्रस्तावसित सम्बन्धित मुलुकहरूको सहयोगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण अर्थ रहेको पनि बताउनुभयो।

सम्बोधनमा को शङ खुनले विभिन्न मुलुकले साझा सुरक्षा र सहयोगात्मक सुरक्षाको अवधारणा खडा गर्न "एक पेटी एक मार्ग"को सुरक्षा सहयोग परिपाटीको स्थापना गर्ने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु