फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँगै एक पेटी एक मार्गको निर्माणलाई बढाउनेः एशिया विकास बैंक

(GMT+08:00) 2017-05-05 16:07:48

एशिया विकास बैंकका गभर्नर ताकेहिको नाकाओले एक पेटी एक मार्ग अवधारणा निकै राम्रो प्रस्ताव भएको र एशिया तथा यूरोप लगायतका अझै व्यापक क्षेत्रलाई जोड्ने यस अवधारणामा प्रस्तुत आधारभूत प्रबन्धको निर्माणबाट क्षेत्रीय आर्थिक समृद्धिलाई अघि बढाउनका लागि हितकर हुने विचार व्यक्त गर्नुभएको छ। उहाँले चार तारिख जापानको योकाहामामा आयोजित एशिया विकास बैंकको वार्षिक बोर्ड सम्मेलनको पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो। एशिया विकास बैंकले चीनसँगै मिलेर एक पेटी एक मार्ग निर्माणलाई अघि बढाउने आशा पनि गभर्नर नाकाओले गर्नुभएको छ।

गभर्नर नाकाओले चीनद्वारा प्रस्तुत एक पेटी एक मार्ग अवधारणा आफ्नो विकास र अन्तर्राष्ट्रिय प्रवाहसँग अनुकूल भएको पनि बताउनुभएको छ।

जनाए अनुसार, एशिया विकास बैंकको वार्षिक बोर्ड सम्मेलन चार तारिखदेखि शुरु भएको हो। चार दिनसम्म चल्ने यस सम्मेलनमा सहभागीहरुले एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक परिस्थिति तथा देखा परेका चुनौतीहरुबारे छलफल गरेर अझ सहनशील तथा निरन्तर वृद्धि हुने तरिका खोजिरहेका छन्।

जानकारी तथा लेखहरु