फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

121औं चीन आयात-निर्यात मेला पाँच तारिख सम्पन्न

(GMT+08:00) 2017-05-05 17:53:05

121औं चीन आयात-निर्यात मेला पाँच तारिख सम्पन्न भएको छ। क्वान चौमा आयोजित सो मेलामा मालसामान खरीदका लागि सहभागी व्यापारीहरूको संख्यामा वृद्धि भएको छ। साथै कारोबार रकम राम्रो प्रवृत्तितर्फ स्थिरताका साथ बढेको छ।

121औं चीन आयात-निर्यात मालसामान मेलाका प्रवक्ता एवम् चीनको बाह्य व्यापार केन्द्रका उप प्रमुख स्यू पिङले सोही दिन आयोजित पत्रकार सम्मेलनमा जम्मा 213 वटा मुलुक तथा क्षेत्रका 1 लाख 96 हजार 4 सय 90 जना व्यापारी सो मेलामा सहभागी भएको बताए। तीमध्ये "एक पेटी एक मार्ग"सित सम्बन्धित मुलुकहरूका व्यापारीहरूको संख्या 88 हजार 5 सय 74 पुगेको छ जुन गत वर्षको मेलाको तुलनामा 8.55प्रतिशतले वृद्धि भएको छ।

जानकारी तथा लेखहरु