फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चमेलिया बाँधको परीक्षण सुरु

(GMT+08:00) 2017-05-06 15:19:24

सुदूरपश्चिमको दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको मुहान (हेडवक्र्स)को परीक्षण सुरु भएको छ। शुक्रबार अपराह्न साढे २ बजेटबाट मुहानको परीक्षण सुरु भएको नयाँ पत्रिकाले लेखेको छ।

दार्चुलाको शिखर बलाँचमा सन् २००७ बाट निर्माण थालिएको यस आयोजना १० वर्षपछि सकिने चरणमा छ। ०७४ को पुसमा आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। सुरुमा ०६८ वैशाखमा काम सक्ने लक्ष्य राखिएको आयोजनाको काम लक्ष्यभन्दा साढे ६ वर्ष ढिला सकिन लागेको हो। सुरुमा साढे ८ अर्ब रुपैयाँ लागत अनुमान गरिए पनि अहिले करिब १६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

३० मेगावाट क्षमताको आयोजनाको काम यसै वर्षको पुस मध्यसम्ममा काम सक्ने लक्ष्य राखिएको थियो। आयोजना प्रमुख अजयकुमार दाहालले तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम भइरहेको बताएका छन्। उनका अनुसार कात्तिक अन्त्यमा नै परीक्षण उत्पादनको तयारी भइरहेको छ।

उक्त आयोजनाको कोरियन ठेकेदार कम्पनी केएचएनपीले इलेक्ट्रो मेकानिल, हाइड्रो मेकानिकल र प्रसारण लाइनको काम तथा चिनियाँ कम्पनी सिजिजिसीले सिभिलतर्फको सम्पूर्ण कामको जिम्मा लिएको छ। आयोजनाको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल ड्राइ टेस्ट मे १९ बाट सुरु गर्ने तयारीका साथ काम भइरहेको पनि उनले बताए।

जानकारी तथा लेखहरु