फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्वारा 'दक्षिण एशिया उपग्रह' प्रक्षेपित

(GMT+08:00) 2017-05-06 15:20:52
'दक्षिण एशिया उपग्रह' लाई भारतको पूर्वी भागमा पर्ने आन्ध्र प्रदेशको श्रीहरिकोटा टापूमा अवस्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट सफलताका साथ प्रक्षेपण गरिएको छ। पाँच तारिख भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले प्रक्षेपित गरेको सो उपग्रहले सार्कका आंशिक सदस्य मुलुकलाई निःशुल्क रुपमा दूरसंचार, मौसमको जानकारी र प्रकोप चेतावनी दिनुलगायत विविध किसिमका सेवा प्रदान गर्ने जनाइएको छ।

बाह्र वर्षसम्म प्रयोग गर्नसकिने सो उपग्रहमा बाह्र वेभब्याण्ड ट्रांसपोंडर जडित छ। भारत, नेपाल, श्रीलंका, भूटान, अफगानीस्तान, बंगलादेश तथा माल्दिव्स यी सातवटा मुलुकले कम्तिमा एउटा ट्रांसपोंडर पाउने बताइएको छ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले सो उपग्रहको सफल प्रक्षेपणपछि ट्विटरमा लेख प्रकाशित गर्दै उपग्रह निर्माण तथा प्रक्षेपण टोलीलाई बधाई दिनुभएको छ।

जानकारी तथा लेखहरु