फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आशियान, चीन, जापान र दक्षिण कोरियाका अर्थ मन्त्री तथा केन्द्रिय बैंक गभर्नरबीचको सम्मेलन आयोजित

(GMT+08:00) 2017-05-06 15:23:07
आशियान, चीन, जापान र दक्षिण कोरिया(१०+३)का अर्थ मन्त्री तथा केन्द्रिय बैंक गभर्नर बीसौं सम्मेलन पाँच तारिख जापानको योकाहामामा आयोजित भएको छ। सो सम्मेलनमा विश्व तथा क्षेत्रीय समष्टिगत आर्थिक परिस्थिति, १०+३ क्षेत्रीय आर्थिक तथा मौद्रिक सहयोग लगायतका मुख्य विषयको छलफल पछि संयुक्त वक्तव्य प्रकाशित गरेको छ।

विश्वको अर्थतन्त्र राम्रो दिशातिर मोड्दै गएको पृष्ठभूमिमा १०+३ क्षेत्रको छिटो आर्थिक बृद्धि कायमै रहिरहेको सो सम्मेलनले जनाएको छ। निरन्तर, सन्तुलित तथा स्थिर बृद्धिको प्रवर्द्धन गर्न सम्बद्ध विभिन्न पक्षहरुले मुद्रा नीति, आर्थिक नीति तथा बनौटमूलक सुधारको स्वतन्त्र वा सामूहिक रुपमा प्रयोग गर्ने वचन दिएका छन्। साथै विभिन्न पक्षहरुले खुलस्त, नियम आधारित बहुपक्षीय व्यापार तथा लगानी प्रणालीको समर्थनको पुष्टि पनि गरेका छन्। पूंजीको निगरानीलाई बढाइ विभिन्न पक्षहरुले सोही क्षेत्रमा देखा पर्नसक्ने खतरामा घनिष्ट ध्यान पुर्‍याउन जोड दिएका छन्।

चीनका उप अर्थ मन्त्री श याउपिनको नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डलले उक्त सम्मेलनमा भाग लिएको छ। पूर्वी एशियाको अर्थतन्त्र अपेक्षाकृत रुपमा बृद्धि हुँदै आएको प्रवृत्ति देखा परे तापनि यसै क्षेत्रसामु बृद्धबृद्धाको जनसंख्या बढ्नु, व्यवसाय बनौटको संक्रमणमा देखा पर्ने दबाबको बृद्धि लगायत धेरै चुनौती देखा परेको पनि चीनका उप अर्थ मन्त्री शले औंल्याउनुभएको छ। साथै उप अर्थमन्त्री शले यी समस्याको समाधान गर्न सम्बद्ध पक्षहरुलार्इ संयुक्त कदम चाल्न आग्रह गर्नुभएको छ।

जानकारी तथा लेखहरु