फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुईटा चिनियाँ पार्क विश्व जीओपार्क नेटवर्कमा सूचिकृत

(GMT+08:00) 2017-05-06 16:21:15
चीनको भित्री मंगोलियाको आर्जान जीओपार्क तथा सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा अवस्थित कोक्टोकै राष्ट्रिय जीओपार्कलाई विश्व जीओपार्क नेटवर्कमा सूचिकृत गरिने युनेस्को कार्यन्वयन व्यूरो सम्मेलनले पाँच तारिख निश्चित गरेको छ।

युनेस्कोद्वारा पाँच तारिख जारी एक विज्ञप्ति अनुसार, चीन, स्पेन, फ्रान्स, इरान, मेक्सिको तथा दक्षिण कोरियाका आठ जीओपार्कहरुलाई समावेश गराएपछि विश्व जीओपार्क नेटवर्कमा सूचिकृत पार्कहरुको संख्या १२७ पुगेको छ जुन विश्वका ३५ मुलुक वा क्षेत्रमा अवस्थित छन्।

जनाए अनुसार, ज्वालामुखी र हटस्प्रिङ भित्री मंगोलियामा अवस्थित आर्जान जीओपार्कको मुख्य विशेषता हो भने खानीपदार्थसहितको पहाड सिन्च्याङ कोक्टोकै राष्ट्रिय जीओपार्कको विशेषता हो।

जानकारी तथा लेखहरु