फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियामा भिडन्त न्यूनीकरण क्षेत्र स्थापना सन्धि व्यवहारमा

(GMT+08:00) 2017-05-06 16:35:54

सिरियाली भाटान गाजेतेसी अखबारका अनुसार, सिरियामा भिडन्त न्यूनीकरण क्षेत्रको स्थापना सन्धि मै 6 तारिखदेखि व्यवहारमा उतारिएको छ।

केही समयअघि रुसले सिरियाको उत्तर-पश्चिमी भागको इडलेब प्रान्त, मध्य-भागको होम्स प्रान्त तथा दमास्कस क्षेत्र र दक्षिणी भागमा बेग्ला-बेग्लै रुपमा भिडन्त घटाउन तथा हटाउन एक क्षेत्रको स्थापना गर्ने सुझाव दिएको थियो। भिडन्तको प्रतिरक्षा गर्न यी क्षेत्रहरु वरिपरि सुरक्षा लाइन र चौकीको स्थापना गर्नेछ। रुस, टर्की र इरान यी भिडन्त न्यूनीकरण क्षेत्रका ग्यारेन्टी मुलुक भएकाले निगरानी गर्नका लागि सेना पठाउने जनाइएको छ।

रुस, टर्की र इरानका प्रतिनिधिहरुले 4 तारिख कजाकिस्तानमा भिडन्त न्यूनीकरण क्षेत्रको स्थापना सम्झौतामा हस्ताक्षर गरेका थिए।

संयुक्त राष्ट्र संघका महासचिव गुटरेसले 4 तारिख प्रवक्तामार्फत वक्तव्य प्रकाशित गरेर उक्त सन्धिको हस्ताक्षरबाट खुशी लागेको व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु