फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र जापानका अर्थमन्त्रीबीच छैठौं वार्ता

(GMT+08:00) 2017-05-07 15:31:08
चीन र जापानका अर्थमन्त्रीबीचको छैठौं वार्ता 6 तारिख जापानको योकोहामामा आयोजित भएको छ। जापानका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री टारो आसो र चीनका अर्थमन्त्री स्याउ चेले वार्ताको अध्यक्षता गर्नुभएको छ। दुर्इ देशका अर्थ मन्त्रालय र केन्द्रिय बेंकका उच्च पदाधिकारीहरु पनि वार्तामा उपस्थित भएका छन्।

अर्थमन्त्रीबीचको वार्ता दुई मुलुकका लागि महत्वपूर्ण अर्थ रहनुका साथै समग्र अर्थतन्त्र परिस्थिति तथा नीतिबारे वैचारिक आदान-प्रदान गर्न यसबाट सहयोग मिलेको छ र वित्तीय तथा बैकिङ्ग सहयोगलाई सबल पार्ने सहमति दुई अर्थमन्त्रीहरुले गरेका छन्। साथै समग्र अर्थतन्त्र नीतिबारे वैचारिक आदान-प्रदानमार्फत दुई मुलुकको बनौटमूखी सुधारलाई अगाडि बढाउनुपर्ने सहमति पनि भएको छ।

समग्र अर्थतन्त्र नीतिसम्बन्धी आदान-प्रदान तथा समन्वयलाई गहन पार्ने र महत्वपूर्ण आर्थिक तथा बैकिङ्ग विषयबारे छलफललाई कायम राख्ने बचन्बद्धता सहित आगामी वर्ष चीनमा अर्थमन्त्रीबीचको सातौं वार्ताको आयोजना गर्ने भएको छ।

जानकारी तथा लेखहरु