फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको २१ हजार गरिबी गाँउबस्तीलाई गैरसरकारी व्यवसायीद्वारा सहयोग

(GMT+08:00) 2017-05-07 15:33:13
चीनका गैर-सरकारी व्यवसायीहरुले गरिबी निवारण कार्यमा भाग लिइरहेका छन्। हालसम्म २६ हजार ५ सय वटा गैर-सरकारी व्यवसायहरुले २१ हजार वटा गरिबी गाँउबस्तीलाई लक्षित गरी आवश्यक सहयोग पुर्‍याएका छन् जसबाट ३८ लाख ८० हजार गरिब सर्वसाधारण लाभान्वित भएका छन्।

आधारभूत तथ्याङ्क अनुसार, चीनभरी सन् २०१५को अक्टोबरदेखि शुरु भएको '१० हजारौं व्यवसायद्वारा १० हजार गाँउबस्तीलाई सहयोग' भन्ने कार्वाहीमा संलग्न कूल रकम ३८ अरब २५ करोड २०लाख चिनियाँ युआन बराबर पुगेको छ र ३ लाख ७ हजार ६ सय जनालाई रोजगारी मौका प्रदान गरिएको छ भने ३ लाख १६ हजार ३ सय जनालाई सीप तालिम दिइसकेको छ।

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् अखिल चीन वाणिज्य तथा व्यापार संघका अध्यक्ष वाङ छिनमिनले '१० हजारौं व्यवसायद्वारा १० हजार गाँउबस्तीलाई सहयोग' भन्ने कार्वाही ढाकिने क्षेत्रफल, सहयोग दिने तरिका, गरिबी निवारण नतिजा लगायतका क्षेत्रहरुमा निर्धारित योजनाभन्दा अझ राम्रा उपलब्धि हासिल गरिएको जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु