फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाजुराबाट लाखौँको खोटो निर्यात

(GMT+08:00) 2017-05-07 15:43:07

बाजुराका विभिन्न सामुदायिक वनबाट बर्सेनि सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ। सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराका निमित्त वन अधिकृत मनकुमार छन्त्यालले बताएका छन्।

बडिमालिका नगरपालिकामा रहेका १६ सामुदायिक वन र गौमुल गाउँपालिकामा रहेको एक सामुदायिक वनबाट खोटो सङ्कलन गर्न पाइने राष्ट्रिय समाचार समितीले जनाएको छ। सामुदायिक वनमा रहेका प्रतिरुखबाट चार किलो खोटो सङ्कलन गर्न पाउने प्रावधान रहेको छ। खोटो सङ्कलन चैतदेखि कात्तिकसम्म मात्र गर्न पाइन्छ।

खोटो सङ्कलनपछि कार्पेन तेल बनाएर रङ्गमा मिसाउन प्रयोग गरिन्छ। बर्सेनि बाजुराबाट एक लाख ४६ हजार ९५० दशमलव ७० किलो सङ्कलन भई जिल्ला बाहिर निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराले जनाएको छ।

जानकारी तथा लेखहरु