फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्इतबार बिहान एक हेलिकोप्टरको फोर्स ल्याण्डिङ

(GMT+08:00) 2017-05-07 15:45:25

हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा आर्इतबार बिहान लुक्लामा 'फोर्स ल्याण्डिङ' गरिएको छ। यद्यपि कुनै मानवीय क्षति भने भएको छैन। हेलिकोप्टरमा ३ जना सवार थिए। सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर हावाको बहाव बढी भएका कारण फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति भएको बताइएको छ।

साथै विश्वकै खतरा सूचीमा परेको दुई हजार आठ सय ४० मिटर उचाइमा रहेको तेन्जिङ हिलारी लुक्ला विमानस्थलले दैनिक डेढ सयभन्दा बढी उडान भर्दै आएको अन्नपूर्णपोस्टले लेखेको छ। सगरमाथा आधार शिविरको मुख्य मार्गले गर्दा पर्यटक आवगमन तीव्र भएपछि उडानको संख्या दैनिक रूपमा बढ्दो रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। गत चैत महिना नियमित उडानतर्फ सात सय ६४ र हेलिकोप्टरले एक हजार सात सय ५० गरी दुई हजार पाँच सय १४ वटा उडान गरेको थियो।

तारा, गोमा, सीता, सिम्रिक र नेपाल एयरलाइन्सले गरी दैनिक ६० देखि ७० वटासम्म नियमित उडान गर्ने गरेका छन्। हेलिकोप्टरले एक सय २० वटासम्म उडान गर्ने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। चार वर्षअघि एकै दिन दुई सयसम्म उडान गरेको तथ्यांक छ।

उडान गर्न जहाजलाई भु-बनावट अप्ठ्यारो, धावनमार्ग छोटो, साँघुरो, एक तर्फीबाट मात्र अवतरण गर्न सकिने, चाँडै मौसम परिर्वतन हुने र जहाज पार्किङ समस्या यस विमानस्थलको मुख्य समस्या भएको प्राधिकरणले जनाएको छ।

धावनमार्ग छोटो र भू-बनावट अप्ठ्यारो भएपछि लेट, डोरनियर, ट्विनअटरजस्ता जहाजले मात्र उडान भर्दै आएका छन्। विमानस्थलमा एक पटकमा चारवटा जहाज र पाँचवटा मात्र हेलिकोप्टर पार्किङ गर्न सक्ने क्षमता छ। विमानस्थलमा एकतर्फी अवतरण गर्नुपर्ने भएकाले हावा चल्दा दुर्घटना हुने खतरा छ।

जानकारी तथा लेखहरु