फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

८६ वर्षमा सगरमाथा चढ्न गएका शेरचनको निधन

(GMT+08:00) 2017-05-07 15:48:37

विश्वकै सबैभन्दा पाका सगरमाथा आरोही बन्न लागेका मीनबहादुर शेरचनको निधन भएको छ। पाका उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान राख्न सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय आरोही शेरचनको शनिबार निधन भएको सेतोपाटीले लेखेको छ।

म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनाका पूर्व गोर्खा सैनिक शेरचन सगरमाथा आरोहणका लागि गत वैशाख ३ गते सात सदस्यीय टोलीको नेतृत्व गरेर सगरमाथा आरोहणमा हिँडेका थिए।

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेका थिए। सन २००८ मा ७६ वर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षिय युचिरो मिउराले गरेको किर्तीमान तोडेर सगरमाथाको शिखर चुम्ने सबैभन्दा जेष्ठ आरोहीको उपाधि पाएका थिए।

सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि शेरचनको किर्तीमान खोसिएको थियो। नयाँ किर्तीमान बनाउन शेरचन लामो समयदेखि अभ्यासरत थिए।

शेरचनको आधार शिविरमा बिहान ५ बजेर १४ मिनेट जाँदा निधन भएको पर्यटन बिभागले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु