फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो चिनियाँ-भारतीय युवा वार्ता मञ्च आयोजित

(GMT+08:00) 2017-05-07 15:50:23

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन आयोजना हुनुअघि तेस्रो चिनियाँ-भारतीय युवा वार्ता मञ्च मै छ तारिख स छ्वान विश्वविद्यालयमा आयोजित भएको छ। पैचिङ विश्वविद्यालय, छिङह्वा विश्वविद्यालय, स छ्वान विश्वविद्यालय लगायत चीनका दशौं विश्वविद्यालयका विद्यार्थीहरु एवम् भारतबाट आएका सयौं भारतीय युवा प्रतिनिधिहरुले भेला भई आपसी सम्पर्क तथा सहयोगको विकासबारे छलफल गरेका छन्।

सो मञ्चमा दुई देशका युवाहरुले 'शंकाको व्याख्या गरेर आपसी विश्वास बढाउनु एवम् युवा विकास गर्नु', 'सर्वसाधारणबीचको सम्पर्क तथा युवा सहयोग', 'संचारमाध्यमको भूमिका तथा आपसी विश्वास' लगायत विविध विषयबारे गहन रुपमा छलफल गरेका छन्।

चिनियाँ-भारतीय युवा वार्ता मञ्चको संयोजक 'भारतीय चिनियाँ युवा वार्ता मञ्च' सन् २००६मा चीन तथा भारतका नेताहरुले युवा आदानप्रदान प्रणालीलाई व्यवहारमा उतार्न चाल्नुभएको कदमको एउटा महत्वपूर्ण उपलब्धि हो।

जानकारी तथा लेखहरु