फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको छ्याङथाङ प्राकृतिक आरक्षण क्षेत्रमा अबैधानिक प्रवेश निषेध

(GMT+08:00) 2017-05-07 15:51:46

तिब्बत स्वायत्त प्रदेश बन व्यूरोले पाँच तारिख एक विज्ञप्ती सार्वजनिक गर्दै छ्याङथाङ राष्ट्रिय प्राकृतिक आरक्षण क्षेत्रमा अबैधानिक रुपमा संगठित हिँडाई वा आरक्षण क्षेत्र हुँदै अन्यत्र जाने गतिविधिमा निषेध गरेको छ।

छ्याङथाङ आरक्षण क्षेत्र हुँदै सिन्च्याङ आल्थुनसान तथा छिङहार्इ होह सिल राष्ट्रिय प्राकृतिक आरक्षण क्षेत्रमा अबैधानिक प्रवेश गतिविधिलार्इ कानून वमोजिम कडा सञ्जाय दिइने पनि जनाइएको छ।

विज्ञप्तिमा पर्यटक, अन्वेषक, ट्राभल एजिन्सी तथा पर्यटन संगठनहरुलार्इ प्राकृतिक आरक्षण क्षेत्रको नियम पालना गर्न पनि आग्रह गरिएको छ।

छ्याङथाङ प्राकृतिक आरक्षण क्षेत्रले तिब्बतका छ वटा जिल्ला ढाकेको छ र यो चीनको समुद्र सतहदेखि सबैभन्दा अग्लो र सबैभन्दा ठूलो क्षेत्रफल ओगट्ने प्राकृतिक आरक्षण क्षेत्र हो। सो आरक्षण क्षेत्रमा तिब्बती जंगली गधा, तिब्बती चिरु, जंगली याक पाइन्छ र यसलार्इ'जंगली वन्यजन्तुको आश्रय' मानिन्छ।

जानकारी तथा लेखहरु