फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया विकास बैंकले एशियाली जनताबीच आफ्नो उपलब्धि बाँड्नुपर्छ-चिनियाँ अर्थमन्त्री

(GMT+08:00) 2017-05-07 15:52:47
एशिया विकास बैंक समितिको 50औं वार्षिक बैठक मै 4 तारिखदेखि 7सम्म जापानी योकोहामामा आयोजित भएको छ। चिनियाँ अर्थमन्त्री स्याउ चेले बैठकमा सम्बोधन गर्दै एशिया विकास बैंकले सकारात्मक भूमिका खेलेर एशियाका विभिन्न आर्थिक समूहलाई अर्थतन्त्रको विश्वव्यापीकरणको उपलब्धि बाँड्नुपर्ने बताउनुभएको छ।

स्थापनापछिको 50 वर्षमा एशिया विकास बैंकले एशिया-प्रशान्त क्षेत्रमा विपन्न हटाउन, आर्थिक तथा सामाजिक विकास गर्न र एशियामा क्षेत्रीय सहयोग गर्नका लागि सक्रिय योगदान दिएको विचार बैठकले गरेको छ। क्षेत्रीय, आर्थिक तथा सामाजिक विकासका लागि एशिया विकास बैंक र एशिया आधारभूत प्रबन्धमा लगानी बैंकबीचको पूँजी संकलनको महत्वपूर्ण भूमिकालाई बैठकले सक्रिय मूल्याँकन पनि गरेको छ।

चिनियाँ अर्थमन्त्री स्याउले सम्बोधनमा वर्तमान विश्वको अर्थतन्त्र गहन रूपमा परिवर्तन हुनुका साथै अर्थतन्त्रको विश्वव्यापीकारणका सामु चुनौती देखापरेको धारणा व्यक्त गर्नुभएको छ। धनी र गरिबबीचको खाडल तथा दक्षिण र उत्तरबीचको समस्या स्पष्ट देखिएका छन्। एशिया विश्वव्यापी रुपमा 50प्रतिशत जनसंख्याको घरआवास भए तापनि हाल लगभग तीस करोड गरिब छन्। त्यसैले एशिया विकास बैंकले आफ्नो श्रोतको प्रयोग गरेर एशियाको साझा समृद्धिलाई बढाउने आशा उहाँले गर्नुभएको छ।

एशिया विकास बैंकद्वारा प्रस्तुत क्षेत्रीय सहयोगको विषय र चीनद्वारा प्रस्तुत एक पेटी एक मार्ग प्रस्तावको विषय अनुकूल भएकाले एशिया विकास बैंकले एक पेटी एक मार्गका सम्बन्धित पक्षसँग सम्पर्क गरेर एशियाको क्षेत्रीय सहयोगलाई अगाडि बढाउने आशा उहाँले गर्नुभएको छ।

उहाँका अनुसार, सन् 1986मा एशिया विकास बैंकमा सहभागी भएदेखि चीन र बैंकले व्यापक क्षेत्रमा चौतर्फी र आपसी समान तथा हितकर सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गरेका छन्। एशियामा विपन्न हटाउन र साझा समृद्धिका लागि चीनले एशिया विकास बैंकसँग सहयोगलाई गहन पार्ने इच्छा लिएको छ।

सो अवसरमा अर्थमन्त्री स्याउले एशिया विकास बैंकका प्रमुख ताकेहिको नाकाओसँग भेट-वार्ता गर्नुभएको छ।

जानकारी तथा लेखहरु