फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मर्स्याङ्दी नदीबाट मनाङमा 17 सय मेगावाट बिजुली

(GMT+08:00) 2017-05-08 16:56:52

मर्स्याङ्दी नदीमा 17 सय मेगावाट क्षमताको जलाशययुक्त विद्युत आयोजना बनाउनेबारे छलफल सुरु भएको छ। उर्जा मन्त्री जनार्दन शर्माले केही दिनअघि आफूसहित गएको मन्त्रालयको टोलीले मनाङमा मर्स्याङ्दी नदीबाट 17 सय मेगावाट बिजुली निकाल्न सकिने सम्भावनाबारे अध्ययन गरेको बताउनु भएको सेतोपाटी अनलाइनले लेखेको छ। 'म, सचिवज्यू, प्राधिकरणका एमडी र डिजीसम्मिलित टोलीको अध्ययनले मस्र्याङ्दीमा 1700 मेगावाट बिजुली निकाल्न सकिने देखाएको छ', आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भन्नुभयो, 'त्यो आयोजना कसरी बनाउन सकिन्छ भन्ने बारेमा अहिले छलफल चलिरहेको छ।' उहाँले विद्युत प्राधिकरण र चिलिमे कम्पनीले मिलेर यो आयोजना बनाउने बारे पनि छलफल भइरहेको बताउनुभयो।

नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले पनि यो आयोजनाबारे अहिले प्रारम्भिक छलफल चलिरहेको बताउनुभयो। 'चामेभन्दा माथि ड्याम र चामेभन्दा तल पावर हाउस हुनसक्छ भन्ने कुरा भएको छ', घिसिङले भन्नुभयो, 'तर अहिले यो सबै कुरा छलफलको चरणमा छ।'

केही समय अघि मन्त्री शर्मासहित, उर्जा सचिव अनुप उपाध्याय, प्राधिकरण्का निर्देशक घिसिङसहितको टोलीले मस्र्याङ्दी नदीमा सञ्चालित जलविद्युत आयोजनाको स्थलगत भ्रमण गरेको थियो।

जानकारी तथा लेखहरु