फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा नव निर्वाचित फ्रान्सेली राष्ट्रपतिलाई शुभकामना संदेश

(GMT+08:00) 2017-05-08 17:53:37

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज मे आठ तारिख फ्रान्सेली नव निर्वाचित राष्ट्रपति एमानुएल माक्रोनलाई शुभकामना संदेश पठाउनुभएको छ।

आफ्नो संदेशमा राष्ट्राध्यक्ष सीले फ्रान्स नयाँ चीनसँग औपचारिक रुपमा दौत्य सम्बन्ध कायम गरेको पहिलो ठूलो पश्चिमी मुलुक हो भन्दै चीन-फ्रान्स सम्बन्धको ज्यादै महत्वपूर्ण रणनीतिक अर्थ र अन्तर्राष्ट्रिय प्रभाव भएकाले बितेका केही वर्षयता लगातार रुपमा स्थिर र स्वस्थ रुपमा विकसित हुँदैआएको कुरा औंल्याउनुभएको छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्य मुलुक र दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रभावकारी ठूला मुलुकको हैसियतले चीन र फ्रान्स दुवैले समस्त विश्व शान्ति र विकासका लागि निकै महत्वपूर्ण दायित्व लिनुपर्ने कुरा पनि उहाँले बताउनुभएको छ।

फ्रान्ससँगै मिलेर दुवै देश बीचको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई निरन्तर रुपमा विकसित पार्दैजान चीन इच्छुक रहेको कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु