फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि दशवटा दूताबासद्बारा निर्वाचन पर्यवेक्षण गरिने

(GMT+08:00) 2017-05-08 17:54:34

नेपालका लागि चीन, अस्ट्रेलिया, थाइल्याण्ड, फिन्ल्याण्ड, पाकिस्तान र इजरायल लगायत दशवटा मुलुकका राजदूताबासले आगामी चौध तारिखमा हुने स्थानीय निकायको निर्वाचनमा आफ्ना पर्यवेक्षकलाई पठाउने कुरा नेपालको निर्वाचन आयोगले जनाएको छ।

उल्लिखित दुताबासले आफ्ना पर्यवेक्षकलाई काठमाडौंमा आयोजना हुने स्थानीय निर्वाचनको अनुगमन गर्न र मतदानका दिनमा पर्यवेक्षणमा भाग लिन मात्र नेपाल सरकारले छूट दिनेछ।

हालसम्म नेपालका लागि अमेरिकी राजदूताबास र भारतीय राजदूताबासले यस पटकको स्थानीय निकायको निर्वाचनको अनुगमन गर्ने अनुमति पाएका छैनन्।

यस पटकको नेपालको स्थानीय निकायको निर्वाचन बीस वर्षपछि भइरहेकाले अधिकांश पर्यवेक्षकहरू यो स्थानीय निर्वाचनप्रति आशावादी रहेका छन्।

जानकारी तथा लेखहरु