फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग सम्बन्धी उच्चस्तरीय मञ्चबारे चर्चा

(GMT+08:00) 2017-05-08 17:55:15

एक पेटी एक मार्ग सम्बन्धी उच्चस्तरीय मञ्च यही सप्ताहन्तमा शुरु हुनलागेको छ। सन् 2013 देखि 2017 सम्मका तीन वर्षको प्रयासमार्फत सो प्रस्तावले विभिन्न क्षेत्रका मुलुक बीचको सहयोगलाई अघि बढाउँदैजानेछ।

एक पेटी एक मार्ग प्रस्तावलाई स्वीकार गर्ने मुलुकहरूमध्ये उदियमान आर्थिक समुदाय, अलि पिछडिएका विकासोन्मुख मुलुक हुनुका साथै विकसित मुलुक पनि छन्। ती मुलुकहरूको राजनीतिक व्यवस्था, सांस्कृतिक, जातीय र धार्मिक अवस्थामा निकै ठूलो भिन्नता रहेको छ। क्षेत्रीय अवस्था जटिल भएकाले सरकार बीचको मतैक्य पनि ज्यादै महत्वपूर्ण चाहन्छ।

बिगत दश वर्षयता चीन तथा एशिया, अफ्रिका, ल्याटिन-अमेरिका र पश्चिमा विकसित मुलुक बीचको आर्थिक-ब्यापारिक तथा लगानी सम्बन्धमा निकै ठूलो विकास हुँदैआएको छ।

जानकारी तथा लेखहरु