फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्बारा उत्तर कोरियातर्फ सकारात्मक संकेत

(GMT+08:00) 2017-05-08 18:03:57

वर्तमान परिस्थितिमा अमेरिकाले सम्झौता-वार्तामार्फत समस्याको समाधान गर्ने संकेत दिएको कुराको सकारात्मक अर्थ रहेकाले विभिन्न पक्षहरूले त्यसको निष्ठापूर्वक व्यवहार गर्नुपर्ने कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बताउनुभएको छ। उहाँले आज मे आठ तारिख पैचिङ्गमा कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी अमेरिकी विदेश मन्त्रीले व्यक्त गर्नुभएको पछिल्लो धारणाबारे चर्चा गर्दे उक्त कुरा बताउनुभएको हो।

अमेरिका कोरियाली प्रायद्बीपको आणविक समस्यामा आबद्ध पक्षहरूमध्येको एक हो भन्दै प्रवक्ता कङले समस्त अन्तर्राष्ट्रिय समाज जस्तै चीनले सधैं नै शान्तिपूर्ण तवरले कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्ने सन्दर्भमा अमेरिकाले रचनात्मक भूमिका निर्वाह गर्नसक्ने आशा गर्दैआएको कुरा पनि औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु