फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्बारा ह नान स्वतन्त्र ब्यापार क्षेत्रको निरीक्षण

(GMT+08:00) 2017-05-09 16:54:34
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली ख छ्याङले मे आठ तारिख ह नान प्रान्तको खाइ फङ शहरको निरीक्षण गर्नुभएको छ। चीनको ह नान परीक्षणमा रहेको स्वतन्त्र ब्यापार क्षेत्रको साझा सेवा केन्द्रको निरीक्षण गर्नुहुँदा उहाँले "त्यहाँ बाईसवटा प्रमाण पत्र एउटै भएको" भन्दै सराहना गर्नुभएको छ।

गत वर्षको अगष्ट महिनामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले ह नान लगायतका सातवटा प्रान्तमा जम्मा सातवटा स्वतन्त्र ब्यापार क्षेत्र स्थापना गर्ने निर्णय गरेका थिए। त्यसपछि स्वतन्त्र ब्यापार क्षेत्रलाई राज्य परिषद्को आग्रह बमोजिम पहिलेको लेखाजोखा प्रक्रियालाई सजिलो र व्यवस्थित पारेर अहिलेको "बाईसवटा प्रमाण पत्र एउटै हुने" नीतिमा परिणत गरेको छ।

निरीक्षण क्रममा प्रधानमन्त्री लीले खाइ फङको पुराना शहरको पुन:स्थापना कार्यको पनि निरीक्षण गर्नुभएको छ।

जानकारी तथा लेखहरु