फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विज्ञान प्रतिष्ठानद्बारा एक पेटी एक मार्गको निर्माणमा वैज्ञानिक-प्राविधिक समर्थन

(GMT+08:00) 2017-05-09 16:55:17

वैज्ञानिक-प्राविधिक सहयोग एक पेटी एक मार्ग निर्माणलाई अघि बढाउने क्रममा रहेको एक ज्यादै महत्व विषय रहेको चिनियाँ विज्ञान प्रतिष्ठानले मे नौ तारिख जनाएको छ। चिनियाँ विज्ञान प्रतिष्ठानद्बारा प्रस्तावित एक पेटी एक मार्ग सम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक-प्राविधिक सहयोग गतिबिधि योजनाले जोडतोडसँग एक पेटी एक मार्ग आबद्ध मुलुक बीचको "वैज्ञानिक-प्राविधिक सिर्जनशील एकरुपता"को निर्माण गर्नुका साथै एक पेटी एक मार्गको निर्माणका लागि वैज्ञानिक र प्राविधिक समर्थन पनि गरिरहेको छ।

चीनको राज्य परिषद्को प्रेस कार्यालयद्बारा आजै मंगलबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विज्ञान प्रतिष्ठानका प्रुमख पाइ छुन लीले वैज्ञानिक-प्राविधिक तरिकामार्फत एक पेटी एक मार्गको निर्माणलाई समर्थन दिने कुराबारे विस्तृत रुपमा जानकारी दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, बितेका केही वर्षयता एक पेटी एक मार्गको प्रारुप बमोजिम चिनियाँ विज्ञान प्रतिष्ठानले रणनीतिलाई अघि बढाउने अन्तर्राष्ट्रिकरण प्रक्रियालाई शिघ्र पार्दैआएको देखिन्छ। त्यस सिलसिलामा समस्त प्रतिष्ठानको वैज्ञानिक-प्राविधिक सहयोग स्तरलाई पनि स्पष्टसँग उकासिएको छ।

जानकारी तथा लेखहरु