फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग सम्बन्धी भारतीय विशेषज्ञको धारणा

(GMT+08:00) 2017-05-09 18:01:35

एक पेटी एक मार्ग सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन पैचिङमा आयोजना हुनलागेको परिप्रेक्ष्यमा भारतीय नेहरु विश्वविद्यालय र दक्षिण-पूर्वी एशिया अनुसन्धान केन्द्रका प्राध्यापक बी.आर.दीपकले हाम्रा सम्वाददातालाई एक अन्तर्वार्ता दिनुभएको छ। अन्तर्वार्तामा उहाँले भारत र चीन दुवै देशसँगै मिलेर एशियाको नयाँ भविष्यको सिर्जना गर्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्राध्यापक दीपकले एक पेटी एक मार्ग प्रस्ताव चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको महान कल्पना भएकाले त्यसबाट विश्व आर्थिक व्यवस्थाको सुधारलाई अघि बढाउनसकिने विश्वास व्यक्त गर्नुभयो।

सन् 2016 मा चिनियाँ अर्थतन्त्रले समस्त विश्व आर्थिक बृद्धिका लागि गरेको योगदान दर 33 प्रतिशत पुगेको बताउँदै प्राध्यापक दीपकले एक पेटी एक मार्गले आर्थिक बृद्धिलाई अघि बढाउने क्रममा एकदमै महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको कुरा पनि औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु