फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय शिखर मन्चले विश्वको ध्यान तानेको नेपालका एकजना थिङ्कट्याङ्को भनाइ

(GMT+08:00) 2017-05-09 18:47:12

एक पेटी एक मार्ग शिखर सम्मेलनले विश्वलाई सकारात्मक शिक्षा दिँदै यसको पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलन भव्य रुपमा सफल हुने नेपालका एकजना थिङ्कट्याङ्कले बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठान नेपालका महासचिव चाउएनलाईले सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै चीनले अगाडि सारेको एक पेटी एक मार्ग कार्यक्रममा नेपालले औपचारिक रुपमा सहभागी हुने निर्णय गरेकोमा आफू धेरै खुशी भएको बताउनुभयो। उहाँ नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका विदेश विभागका कार्यकारी सदस्य पनि हुनुहुन्छ। छिमेकी राष्ट्रका हैसियतले चीनको एक पेटी एक मार्ग कार्यक्रममा सहभागी हुँदा नेपाल लगायत दक्षिण एसियाको पूर्वाधार विकासमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो। विकासका पूर्वाधार, पर्यटन, प्राविधिक शिक्षा, कृषि, जलश्रोत, व्यापार, लगानी, उद्योग लगायतका क्षेत्रमा नेपालले प्राथमिकतामा राखेर परियोजना बनाउनु पर्ने सुझाव दिँदै चीनसँग स्थापना हुने आपसी संजाल र सहकार्यले नेपालको आर्थिक विकासले नयाँ उचाइ लिने औँल्याउनुभयो।

एक पेटी एक मार्गमा नेपाल सहभागी भएपछि यो कार्यक्रमले दक्षिण एसियामा अभूतपूर्व रुपमा सफलता पाउने बताउँदै उहाँले नेपाल, चीन र भारतबीचको त्रिपक्षीय सहकार्यले पनि मूर्त रुप लिने विश्वास व्यक्त गर्नुभयो। नेपाल र चीनबीचमा गत वर्ष भएका सम्झौताहरुको कार्यान्वयसँगै एक पेटी एक मार्गमा नेपालको प्रवेशले नेपालमा विशाल रुपमा चिनियाँ पूँजी र प्रविधि प्रवेश गर्ने उहाँले स्पष्ट पार्नुभयो।

चीनले यही मे महिनाको मध्यममा आयोजना गर्ने एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय शिखर मन्चले विश्वको ध्यान तानेको उहाँले बताउनुभयो। संसारभरका अर्थविद, वैज्ञानिकहरु, प्राविधिकहरु, राजनीतिक नेता सबै भेला भएर अनुभव आदानप्रदान गर्ने, विकासका नयाँ आयाम पत्ता लगाउने, रोजगारी सिर्जना गर्ने, स्थिर विकास र वातावरण संरक्षणसँगै विश्वव्यापी विकासको अवधारणाले आपसी जित सुनिश्चित गर्ने आशा उहाँले गर्नुभयो।

शिखर मन्च भव्य रुपमा सफल हुने र विश्वले यसबाट नयाँ अनुभव लिने विचार पनि श्रेष्ठले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु