फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढ्यो

(GMT+08:00) 2017-05-10 15:49:52

कार्यविधि पास भएपछि लामो समयदेखि रोकिएर रहेका तीन आयोजनाको डलरमा विद्युत खरिद सम्झौता (पीपीए) को काम अघि बढेको छ। गत बैशाख 13 गते प्राधिकरणको सञ्चालक समितिको बैठकले डलर पीपीए सम्बन्धी कार्यविधि पास गरेको अनलाइन खबरले लेखेको छ।

2 सय 16 मेगावाटको माथिल्लो त्रिशूली-1, 1 सय 63 मेगावाटको कालीगण्डकी कोबान र 1 सय 20 मेगावाटको रसुवा-भोटेकोसीको डलर पीपीए सम्बन्धी प्रक्रिया अघि बढेको नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो 'तत्कालका लागि 3 वटा आयोजनाको काम अघि बढेको छ र अब अन्य पनि आउने चरणमा छन्।'

माथिल्लो त्रिशुली 1 ले प्रसारण सम्झौता गरेको दुई वर्ष बितिसकेको छ। तर कार्यविधि नुहँदा डलर पीपीएको काम अघि बढ्न सकेको थिएन। पीपीए हुनुअघि प्राविधिक मूल्यांकन र प्रसारण लाइन सम्झौता गर्नुपर्छ। प्रसारण लाइन सम्झौता हुँदा आयोजनाको विद्युत क्षमता र वाषिर्क विद्युत उत्पादनको अवस्थावारे जानकारी हुन्छ।

माथिल्लो त्रिशुली आयोजनाको ग्रिड सम्झौता र प्राविधिक मूल्यांकन दुवै सकिएको छ। अहिले पीपीएको लागि मस्यौदा समितिमा यसका बारेमा छलफल भइरहेको अधिकारी बताउनुहुन्छ।

पारित भएको कार्यविधिले एक सय मेगावाटभन्दा माथिका आयोजनामा मात्र डलर पीपीए गर्ने भनेको छ। अहिले डलर पीपीए पास भएसँगै अब बिदेशी ऋण लिएर निर्माण गरेका आयोजनाहरुसँग डलरमा पीपीए गर्न प्राधिकरणलाई सहज भएको छ।

यसअघि कार्यबिधी नहुँदा डलर पीपीए पास गर्नै गाह्रो हुन्थ्यो भने भए पनि विवादित हुन्थ्यो। जसका कारण प्राधिकरणले लामो समयदेखि डलर पीपीएको काम अघि बढाउन सकेको थिएन।

अब भने यो कार्यविधि पास भएपछि राष्ट्र बैंकले उक्त दिन तोकेको डलरको मूल्यमा सम्झौता हुने प्रवक्ता अधिकारी बताउनुहुन्छ। साथै यस्तो पीपीए दर भने सरकारले तोकेबमोजिम हुने भएको छ।

साथै सरकारले यसरी पीपीएका कारण विद्युत प्राधिकरणको आर्थिक अवस्थामा असर नपुगोस् भनेर हेजिङ फन्ड समेत निर्माण गर्न लागेको छ।

'राष्ट्र बैंकले नै नियमन गर्ने गरी हेजिङ फन्डको स्थापना गर्ने कुरा भएको छ,' अधिकारी भन्नुहुन्छ, 'यसरी डलरमा पीपीए भएका आयोजनाहरु सञ्चालनमा आउन लागेपछि हेजिङ फन्ड स्थापना हुन्छ। '

अमेरिकी डलरमा पीपीए गर्दा जलाशय, अर्धजलाशय र नदी प्रवाही आयोजनाका लागि सरकारले तोकेको दरमै गरिने प्रवक्ता अधिकारीले बताउनुहुन्छ।

प्राधिकरणले जलाशययुक्त आयोजनाको वर्षमा प्रतियुनिट 6 रुपैयाँ 35 पैसा देखि 7 रुपैयाँ 10 पैसा र हिउँदमा प्रतियुनिट 12 रुपैयाँ 40 पैसा पीपीए दर तोकेको छ। त्यस्तै पिकिङ रन अफ दि रिभरमा भने बर्षातमा प्रतियुनिट 4 रुपैयाँ 80 पैसा र हिउँदमा प्रतियुनिट 8 रुपैयाँ 40 पैसा देखि 10 रुपैयाँ 55 पैसा तोकेको छ।

जानकारी तथा लेखहरु