फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनबाट चुनौतीको सामना

(GMT+08:00) 2017-05-10 15:56:24

एक पेटी एक मार्ग प्रस्ताव विसकित हुँदैजाने प्रक्रियामा विभिन्न खालका कठिनाई र चुनौती देखा पर्नु सामान्य रहेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मे नौ तारिख उल्लेख गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको आयोजना गर्ने मुख्य उद्देश्य अनुभव आदानप्रदान गर्ने, निलो नक्साको तर्जुमा गर्ने, समस्याको विश्लेषण गर्ने र संयुक्त रुपमा चुनौतीको सामना गर्ने रहेकाले चुनौतीको सामना गर्ने र कठिनाईलाई मेटाउने क्रममा त्यस प्रस्तावलाई निरन्तर रुपमा अघि बढाउँदै लाने विश्वास पनि प्रवक्ता कङले व्यक्त गर्नुभएको छ।

एक पेटी एक मार्ग प्रस्ताव प्रस्तुत गरिएपछि अन्तर्राष्ट्रिय समुदायले त्यसको सकारात्मक समर्थन गरेको छ।

जानकारी तथा लेखहरु