फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा फ्रान्सेली नव निर्वाचित राष्ट्रपति बीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-05-10 15:57:05

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे नौ तारिख फ्रान्सेली नव निर्वाचित राष्ट्रपति एमानुएल माक्रोनसँग टेलिफोन वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले फ्रान्सेली राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा माक्रोनलाई बधाई ज्ञापन गर्नुभयो। दौत्य सम्बन्ध कायम भएको त्रिपन्न वर्षयता दुवै देश बीचको सम्बन्ध अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षाबाट उत्तीर्ण हुनुका साथै आपसी रणनीतिक विशेषता पनि सबल हुँदैआएको कुरा पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।

प्रत्युत्तरमा फ्रान्सका नवनिर्वाचित राष्ट्रपति माक्रोनले राष्ट्राध्यक्ष सीलाई कृतज्ञता प्रकट गर्नुका साथै फ्रान्सेली नयाँ सरकारले विगतमा झैं चीन सम्बन्धी सकारात्मक र मैत्रीपूर्ण नीति अपनाएर एक मात्र चीन भन्ने नीतिलाई कायम राख्दैजाने अठोट पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु