फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गबाट भारत-चीन परम्परागत मित्रतालाई गहन पारिने

(GMT+08:00) 2017-05-10 15:57:50

एक पेटी एक मार्ग प्रस्तावलाई गहन रुपमा अघि बढाउँदै आएको सिलसिलामा सो अवधारणाका पाँचवटा महत्वपूर्ण सहयोगात्मक दिशामध्येको एक अर्थात् जनस्तरमा सम्बन्ध विस्तार गर्ने विषयले अझै बढी ध्यानाकर्षण गराउँदै आएको छ। एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन शुरु हुनुअघि भारतीय सञ्चार-माध्यमका विशेषज्ञ रिना गुप्ताले हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ।

अन्तर्वार्ताको क्रममा विशेषज्ञ रिनाले भारत र चीन दुवै देशको संस्कृति बीच अधिकांश समानता रहेकाले एक पेटी एक मार्गबाट दुई देश बीचको परम्परागत मित्रतालाई गहन पारिनुका साथै द्बिपक्षीय सहयोगलाई अझ गहिर्‍याउनका लागि बलियो जनमत जग बसाल्नसकिने विश्वास व्यक्त गर्नुभएको छ।

बितेका केही वर्षयता भारत र चीन दुवै देशका सरकारको साझा प्रयासमार्फत द्बिपक्षीय सांस्कृतिक आदान-प्रदान पनि दिनप्रति दिन घनिष्ट हुँदै आएको देखिन्छ।

जानकारी तथा लेखहरु