फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपप्रधानमन्त्रीद्वारा बीआरआईको प्रशंसा

(GMT+08:00) 2017-05-10 18:35:33

नेपालका उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रमले नेपाललाई विविध क्षेत्रमा फाइदा पुग्ने बताउनु भएको छ। उहाँले बेल्ट एण्ड रोड इनिसिएटिभको अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन भव्य रुपले सफल हुने बिचार व्यक्त गर्नु भएको छ।

यो अवधारणाले चीनले आफ्ना छिमेकी मुलुकहरुसँग धेरै कुरामा जोडिन चाहन्छ भन्दै बेल्ट एण्ड रोड इनिसिएटिभमा सडक मात्र नभएर यातायात संचार पूर्वाधार लगायतका थुप्रै विषयमा नेपालले लाभ लिने विश्वास उहाँले प्रकट गर्नुभयो। नेपालले विभिन्न योजना बनाएर भविष्यमा पेश गर्नै बताउँदै दुई देशबीचमा थप नाका खोल्ने पारबहन बढाउने व्यापारलाई बढाउने लगायतका कार्यमा यो अवधारणाले सहयोग पुग्ने बिचार महराले व्यक्त गर्नुभयो। नेपाल भित्रकै जलविद्युत,पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयमा नेपालका आवश्यकता हेरेर चीन सरकारसँग नेपालले प्रस्ताव गर्ने उहाँले बताउनुभयो।

1  2  
जानकारी तथा लेखहरु