फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्रध्यक्षद्बारा दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

(GMT+08:00) 2017-05-10 18:36:38

सिन्ह्वा समाचार समितिका अनुसार मे दश तारिख चीनका राष्ट्रध्यक्ष सी चिन फिङले दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जी इनलाई बधाई सन्देश पठाउनुभएको छ।

उक्त बधाई सन्देशमा राष्ट्रध्यक्ष सीले मुनले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गर्नु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रध्यक्ष सीले चीन र दक्षिण कोरिया लामो समयदेखि महत्वपूर्ण छिमेकी मुलुक भएको उल्लेख गर्दै दुई मुलुकले दौत्य सम्बन्ध स्थापना भएको 25 वर्षदेखि आपसी सम्बन्धलाई गहन रुपमा विकास गरेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु