फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालबाट नौ महिनामा 55 अर्बको निर्यात

(GMT+08:00) 2017-05-11 16:16:29

नेपालमा आयात बढिरहेका बेला निर्यात भने क्रमशः ओरालो लाग्दै गएको छ। स्वदेशी वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, निर्यातयोग्य वस्तुको उत्पादन कम हुन, सरकारले निर्यातलाई प्राथमिकता नदिनु, स्वदेशी वस्तुको लागत मूल्य महँगो हुनुले निर्यात बढ्न नसकेको कारोबार अनलाइनले लेखेको छ।

आयात बढ्दै गए पनि निर्यात बढ्न नसक्दा मुलुकको व्यापार घाटासमेत बढ्दै गएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो 9 महिनामा 55 अर्ब 26 करोड रुपैयाँको मात्र सामान निर्यात भएको छ। सो अवधिमा आयात भने 7 खर्ब 26 अर्बको भएको छ।

केन्द्रका अनुसार कुल व्यापारमा निर्यात 7 दशमलव 1 प्रतिशत रहेकोमा आयात 92 दशमलव 9 प्रतिशत रहेको छ। 9 महिनाको अवधिमा नेपालको कूल निर्यातमा 9 दशमवल 9 प्रतिशतले वृद्धि भई 55 अर्ब 26 करोड रहेकोमा आयात 38 दशमलव 4 प्रतिशतले बृद्धि भई 7 खर्ब 26 अर्ब पुगेको केन्द्रको तथ्यांकले देखाएको छ।

मुलुकबाट निर्यात हुने वस्तुहरूमा ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडीबुटी छन्। सोही अवधिमा ऊनी गलैंचाको निर्यातमा 5 दशमलव 4 प्रतिशतले ह्रास आई 5 अर्ब 66 करोड रुपैयाँको निर्यात भएको छ।

त्यस्तै तयारी पोसाकको निर्यातमा 9 दशमलव 6 प्रतिशतले ह्रास आई 3 अर्ब 97 करोडको मात्र निर्यात भएको छ। फलाम तथा स्टिल र तिनका उत्पादनहरूको निर्यातमा 20 प्रतिशतले वृद्धि भर्ई 4 अर्ब 27 करोड, पोलिस्टर तथा अन्य धागो निर्यातमा 32 प्रतिशतले वृद्धि भई 4 अर्ब 27 करोडको निर्यात भएको केन्द्रको तथ्यांकले देखाएको छ।

यस्तै 52 करोडको छाला, 3 अर्बको अलैंची, 1 अर्ब 88 करोडको चिया, 19 करोडको अदुवा, 64 करोडको चाउचाउ, 58 करोड जडिबुटी, 50 करोडको टुथपेस्ट, 3 अर्ब 85 करोडको टेक्सटाइल, 1 अर्ब 89 करोडको पश्मिना सल, 45 करोडको हस्तकला सामान र 53 करोडको नेपाली हातेकागज निकासी भएको छ।

भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, क्यानाडा, बंगलादेश, अस्ट्रेलिया, नेदरल्यान्ड्समा नेपाली उत्पादन निर्यात हुने गरेको छ। छिमेकी मुलुक भारतसँग नेपालको 70 प्रतिशत व्यापार हुनेगर्छ।

जानकारी तथा लेखहरु