फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जोगमाई हाइड्रोको उत्पादन सुरु

(GMT+08:00) 2017-05-11 16:20:45

इलामको जोगमाई खोला साना जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ। सबै परीक्षण सकेर वैशाखको तेस्रो सातादेखि जोगमाईले व्यावसायिक उत्पादन थालेको कान्तिपुर अनलाइनले लेखेको छ।

माईजोगमाई गाउँपालिकाको माङचोकमा रहको विद्युत् गृहदेखि 11 किलोमिटर लामो प्रसारण लाइनमार्फत गोदकको तिल्केनीस्थित काबेली करिडोरको सबस्टेसनमा विद्युत् जोडिएको हो। सान्भी इनर्जीले निर्माण गरेको 7.6 मेगावाट उत्पादन थालेपछि जिल्लाको विद्युत् उत्पादन क्षमता 61 मेगावाट पुगेको छ।

'चैत र वैशाखमा आन्तरिक परीक्षण सकेर व्यावसायिक उत्पादन थालिएको हो,' प्रोजेक्ट कन्ट्रोलर हरिबाबु न्यौपानेले भन्नुभयो। गोदकस्थित काबेली करिडोरको 1 सय 32 केभीएको सबस्टेसनमार्फत यहाँ उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाबीचको जोगमाई खोलामा निर्मित आयोजनाको काम 2071 को मंसिरदेखि थालिएको हो। आयोजनाले फिक्कल छेउबाट सडक विस्तार गर्दै सामग्री ढुवानी गरेको हो। अयोजनामार्फत हाल चार मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

आयोजनाले डेढ किलोमिटर लामो सुरुङ निर्माण गरेको छ। जोगमाई खोलामा निर्मित पहिलो यो आयोजनाको कुल लागत डेढ अर्ब रुपैयाँ छ। झन्डै दुई दशकअघि पहिलोपटक प्राधिकरणको पुवाखोला जलविद्युत् आयोजनाले 6.2 मेगावाट विद्युत् उत्पादनपछि ठूला आयोजना निर्माण थालिएका हुन्।

पुवाखोला निर्माण थालिएको केही वर्षपछि साना माईखोलाले योजना सञ्चालन गरेको थियो। 'यहाँ सञ्चालित आयोजनाका कारण पूर्वको लोडसेडिङ कम गर्न प्रत्यक्ष फाइदा पुगेको छ,' प्राधिकरण इलाम शाखाका इन्जिनियर उमेश दाहालले भन्नुभयो, 'यो वर्ष निरन्तर वर्षासमेत भइरहेकाले आयोजनाको उत्पादन विगतको तुलनामा धेरै तल झरेको छैन।'

उत्पादन क्षमता बढ्दै गए पनि खोलामा पानीको बहाव कम हुँदा सुक्खायाममा भने कम मात्र विद्युत् उत्पादन हुने गरेको छ। निर्माण चरणमा रहेका अन्य केही आयोजना सम्पन्न हुँदा यहाँको उत्पादन क्षमता 80 मेगावाट पुग्नेछ।

यसअघि 22 र ठ मेगावाटको सानिमा, 6.2 मेगावाटको पुवाखोला, 12 मेगावाटको अप्परमाई, 4.5 मेगावाटको माईखोला र 3 मेगावाटको माथिल्लो पुवाखोला विद्युत् आयोजनाले उत्पादन गरिरहेका छन्। अप्परमाईको क्यासकेट, पुवाखोला र माईखोला विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्।

जानकारी तथा लेखहरु