फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आईकाओको मिसन नेपाल आउँदै

(GMT+08:00) 2017-05-11 16:22:29

चार वर्षअघि कालोसूचीमा राखिएको नेपाली उड्डयन क्षेत्रमा भएका सुधार जाँच्न अन्तराष्र्टिय उड्डयन संगठन (आइकाओ) को टोली नेपाल आउने भएको छ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार जेठ 23 मा आइकाओ कोअर्डिनेटेड भ्यालिडेसन मिसन (आईसीभीएम) नेपाल आउन लागेको कान्तिपुर अनलाइनले लेखेको छ। यो टोलीले नेपालको उडान सुरक्षामा भएका सुधारको अडिट गर्नेछ।

'यसपटक हामी आशावादी छौं, आइकाओले औंल्याएका धेरै विषयमा सुधार ल्याएका छौं, योपटकको अडिटबाट नेपाली आकाशलाई आइकाओको हवाई सुरक्षा सूचीबाट निकाल्न मद्दत पुग्नेछ,' उपमहानिर्देशक पोखरेलले भन्नुभयो। यो टोली जेठ 23 देखि 30 सम्म अडिटमा व्यस्त रहनेछ। यसले नेपालको नागरिक उड्डयन संगठनको संरचना, योसँग सरोकार राख्ने ऐन नियमको अवस्था, पर्सनल लाइसेन्सिङ, एयरक्राफ्ट अपरेसन, जहाजको एयरवोर्दिनेस, एरोड्रम, नेभिगेसन, दुर्घटनालगायतका आठमध्ये चारवटा क्षेत्रको अडिट गर्ने भनेको छ।

यो टोलीको कार्य सम्पादनले सुधार भएको प्रतिवेदन दिए चार वर्षअघि युरोपेली आयोगले पनि लगाएको कालोसूचीबाट बाहिर निकाल्न सघाउनेछ।

आइकाओको स्थलगत अुनगमन र अध्ययन प्रतिवदेनलाइ आधार मान्दै ईयूले पनि 070 मंसिरमा आफ्ना सदस्य मुलुकभित्र नेपाली वायुसेवालाई निषेध गर्दै ईयू हवाई सुरक्षा सूचीमा राखेको थियो। नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीमा राखिएको यो नै पहिलो थियो। त्यसअघि सन् 2009 मा आइकाओको युनिभर्सल सेफ्टी अडिट प्रोग्रामले नेपालको हवाई सुरक्षा विश्वव्यापी औसतभन्दा धेरै तल भएको भन्दै आइकाआले जारी गरेको सुरक्षा नियम पालना गर्न निर्देशन दिएको थियो। त्यस बेला नेपालको औसत पालना दर 43 प्रतिशतमा झरेको थियो।

विश्वव्यापी आइकाओको सुरक्षा नियम पालनाको औसत दर 61 प्रतिशत हाराहारी रहेको छ। यसपटक नेपालले यो दर 58 पुर्याएको जनाएको छ। यसअघि नेपालमा हवाई सुरक्षाको स्थिति अनुगमन गर्न आइकाओको एसिया प्रशान्त क्षेत्रका अधिकारीहरू र ईयूको प्राविधिक सहयता मिसन नेपाल आइसकेको छ।

जानकारी तथा लेखहरु