फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले एक पेटी एक मार्ग आवद्ध बीस मुलुकसँग स्वतन्त्र ब्यापार क्षेत्रको प्रबर्द्धन गर्ने

(GMT+08:00) 2017-05-11 16:27:12

यही मे चौधदेखि पन्ध्र तारिखसम्म आयोजना हुनलागेको एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको अवधिमा चीनले एक पेटी एक मार्ग आवद्ध बीस मुलुक तथा क्षेत्रसँग स्वतन्त्र ब्यापार क्षेत्रको निर्माणलाई प्रबर्द्धन गर्ने जानकारी चीनका उप वाणिज्य मन्त्री छन ख मिङले मे दश तारिख दिनुभएको छ।

मन्त्री छनका अनुसार, हालसम्म चीनले बाईसवटा मुलुक तथा क्षेत्रसँग स्वतन्त्र ब्यापार सन्धिमा हस्ताक्षर गरी कार्यान्वयन गरिसकेको छ। तीमध्ये एक पेटी एक मार्ग आवद्ध मुलुकको संख्या एघार वटा छ। चीन-आशियान स्वतन्त्र ब्यापार सन्धि, चीन-पाकिस्तान स्वतन्त्र ब्यापार सन्धि र चीन-सिंगापूर स्वतन्त्र ब्यापार सन्धि पनि तीमध्ये समावेश छन्।

आउँदो शिखर सम्मेलनको अवधिमा चीनले जर्जियासँग औपचारिक रुपमा स्वतन्त्र ब्यापार सन्धिमा हस्ताक्षर गर्नुबाहेक मङ्गोलियासँग स्वतन्त्र ब्यापार सन्धि सम्बन्धी सम्भवत: अध्ययनको पनि आरम्भ गर्ने जानकारी पनि मन्त्री छेनले दिनुभएको छ।

जानकारी तथा लेखहरु