फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गको निर्माण: विचारधारा, वास्तविक गतिबिधि र चीनको योगदान नामक किताब सार्वजनिक

(GMT+08:00) 2017-05-11 16:29:03

सन् 2013 को सेप्टेम्बर र अक्टोबर महिनामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अघिपछि गरी "सँगसँगै मिलेर रेशमी मार्गको आर्थिक पेटी" र "एकाईसौं शताव्दीको सामुद्रिक रेशमी मार्ग"को निर्माण गर्ने प्रस्ताव गर्नुभएपछि अन्तर्राष्ट्रिय समुदायले उच्च ख्याल-विचार गर्नुबाहेक धेरै मुलुकहरूले पनि सकारात्मक रुपमा समर्थन गरेका छन्।

सँगसँगै एक पेटी एक मार्गको निर्माण गर्ने प्रस्ताव खुलस्त विश्वको आर्थिक प्रणाली, ध्रुवीय, स्वतन्त्र, सन्तुलित र दिगो विकास हुनसक्ने चिनियाँ गुरुयोजना हुनुका साथै क्षेत्रीय सहयोगलाई गहन पार्ने, सभ्यताको आदान-प्रदानलाई सबल पार्ने र विश्व शान्ति तथा स्थिरताको संरक्षण गर्ने चिनियाँ अडान पनि हो। त्यस प्रस्तावबाट विश्वमा रहेको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक र दोस्रो ठूलो आर्थिक समुदायको हैसियतले चीनले अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थापन प्रणालीलाई निष्पक्ष, सन्तुलित र उचित दिशातर्फ विकसित पार्ने दायित्व पनि प्रतिबिम्बित गरिएको छ।

एक पेटी एक मार्ग निर्माणको खास विषयको ब्याख्या गर्नका लागि एक पेटी एक मार्ग निर्माणलाई अघि बढाउने कार्य-निर्देशन टोली कार्यालयले "सँगसँगै एक पेटी एक मार्गको निर्माण: विचारधारा, वास्तविक गतिबिधि र चीनको योगदान"शीर्षकको किताबलाई सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु