सिन्ह्वा समाचार समितिका अनुसार एक हजार पाँच सयभन्दा बढी स्वदेशी र विदेशी व्यक्तिहरुद्बारा"एक पेटी एक मार्ग"अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उच्चस्तरीय सम्मेलनमा सहभागी हुने छन्। तीमध्ये एक सय तीस मुलुक र सत्तरीभन्दा बढी अन्तर्राष्ट्रिय संगठनबाट आएका आठ सय पचास जना विदेशी पाहुनाहरु छन्।
चीनको सुधार र विकास समितिका उप प्रमुख वाङ स्यो थोले मे दश तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
वाङका अनुसार"एक पेटी एक मार्ग"अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उच्चस्तरिय सम्मेलन मे चौध र पन्ध्र तारिख बेइजिङमा आयोजना हुँदैछ। उक्त सम्मेलनमा पूर्वाधार,लगानी,आर्थिक र व्यापारिक सहयोग, उर्जा श्रोत, वित्तीय सहयोग, सांस्कृतिक आदान प्रदान, पर्यावरण र समुद्री सहयोग आदि विषयबारे छलफल हुनेछ।