एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च मे चौध तारिख पैचिङमा सुरु हुँदैछ। भारतको गोआ विश्वविद्यालयका प्राध्यपक दत्तेश परुलेकरले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको पत्रकारलाई अन्तर्वार्ता दिँदै चीन र भारतले वार्ता र सहयोलाई सबल पार्ने विचार व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार चीन र भारत लामो इतिहासिका मित्र मुलुकहरु हुन। यी दुई मुलुकहरुबीचको मित्रता दुई हजार वर्षभन्दा लामो छ। दुई मुलुकबीचको सहयोग र सम्बन्धलाई सबल पार्नु दक्षिण एसियाको विकासका लागि हितयुक्त रहेको उहाँले बताउनुभयो। चीनका राष्ट्रध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको एक पेटी एक मार्ग प्रस्तावलाई आफूले समर्थन गरेको उहाँले बताउनुभयो।