फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय प्रकोप निवारण परिषद्द्बारा सिन्च्याङमा भूकम्प पीडितको आकस्मिक उद्धार आरम्भ

(GMT+08:00) 2017-05-11 18:14:40
चीनको राष्ट्रिय प्रकोप निवारण परिषद् र नागरिक मामिला मन्त्रालयले आज बिहान दश बजेर चालिस मिनेट जाँदा सिन्च्याङको ताश्कुल्कन जिल्लामा पाँच दशमलब पाँच रेक्टर स्केलको भूकम्प गएपछि राष्ट्रिय आकस्मिक उद्धार कार्य आरम्भ गरेका छन्। यी दुईवटा विभागले स्थानीय प्रकोपग्रस्त क्षेत्रका बासिन्दालाई बन्दोबस्त मिलाउन र उद्धार कार्यमा सहायता दिनका लागि तत्स्थानतर्फ कार्य-टोलीलाई पनि पठाएका छन्।

सिन्च्याङ युगुर स्वायत्त प्रदेशको नागरिक मामिला विभागबाट प्राप्त जानकारी अनुसार, मे एघार तारिख सबेरै पाँच बजेर अन्ठाउन्न मिनेट जाँदा सिन्च्याङ खा श क्षेत्रको ताश्कुल्कन स्वशासित जिल्लामा पाँच दशमलब पाँच रेक्टर स्केलको भूकम्प गएको थियो। आज मध्यान्ह बाह्र बजेसम्म उक्त भूकम्पबाट आठजनाको ज्यान जानुका साथै अन्य तेईसजना घाइते भएका छन्।

जानकारी तथा लेखहरु