फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमार्फत राम्रा साझेदारीसँग सहकार्यबारे छलफल गर्न चीच इच्छुक

(GMT+08:00) 2017-05-11 18:56:41

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मे एघार तारिख बताउनु भए अनुसार पैचिङ्गमा आयोजना हुनलागेको एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनका सबै तयारी कार्य पूरा भइसकेका छन्। यो सम्मेलनका सुअवसरमा राम्रा साझेदारीहरूसँगै सहकार्यबारे विचार-विमर्श गर्नुका साथै खुलस्त मन्चको स्थापना गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले औंल्याउनुभएको छ।

यस पटकको शिखर सम्मेलनमा मुख्यत: उद्धाटन समारोह, उच्चस्तरीय सम्मेलन र गोलमेच शिखर सम्मेलन गरी तीनवटा विषय समावेश हुने जानकारी पनि प्रवक्ता कङले दिनुभएको छ।

जानकारी तथा लेखहरु