फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गमा सहभागी हुँदा नेपालको सामाजिक र आर्थिक अवस्थामा सुधार आउने नेपाली कुटनीतिज्ञको भनाइ

(GMT+08:00) 2017-05-12 10:18:52

         बेइजिङमा आयोजना हुँदै गरेको एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मन्चले विश्व अर्थजगतलाई नयाँ प्रारुपमा ढाल्ने एकजना कुटनीतिज्ञले बताएका छन्। चीनका लागि नेपाली दूताबासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेले सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै एक पेटी एक मार्गमा सहभागी राष्ट्रहरुले पहिलो शिखर मन्चमा आफ्ना अनुभवहरु साटासाट गरेर स्थिर विकास र आर्थिक वृद्धिदरको मापदण्ड तयार बनाउने बताउनुभयो।

          विश्वमा भइरहेको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई एक पेटी एक मार्गले मूख्य उद्देश्य बनाएकाले पनि यो विश्वका जनतामा लोकप्रिय भइसकेको बताउनुभयो।

           एक पेटी एक मार्गमा नेपाल सहभागी भइसकेको बताउँदै उहाँले अब नेपालले पर्यटन,भौतिक,पूर्वाधार,कृषि,जलविद्युत लगायतका क्षेत्रमा चीनसँग आपसी सहकार्य बढाउने र देशको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने कुरामा जोड दिनुभयो। एक पेटी एक मार्गमा नेपालको प्रवेशल दक्षिण एसियाका अन्य मुलुकमा पनि जोश र जाँगर थपिएको बिचार उहाँले व्यक्त गर्नुभयो।

           इक्काईसौँ शताब्दीको पूँजी र प्रविधिमा विश्वले सहकार्य गर्ने र समस्या समाधानमा साझेदारी गर्ने कुराले एक पेटी एक मार्गले विश्वको ध्यान आकृष्ट गरेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु