फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चिनियाँ अधिकारीद्वारा बीआरआईको 'फ्रेमवर्क सम्झौता'मा हस्ताक्षर

(GMT+08:00) 2017-05-12 15:48:42

छिमेकी चीनले विकासमा सहकार्य भन्दै अघि बढाएको महत्त्वाकांक्षी योजना 'बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई' मा नेपाल औपचारिक सदस्य बनेको छ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले आज शुक्रबार बिहान बीआरआईको 'फ्रेमवर्क सम्झौता'मा हस्ताक्षर गर्दै उक्त अभियानमा सहभागिता निश्चित गरेको कान्तिपुर अनलाइनले लेखेको छ। परराष्ट्र सचिव वैरागी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै शुक्रबार बिहान थाइल्यान्ड र श्रीलंका जान लाग्नु भएका कारण विमानस्थल पुग्नुअघि हस्ताक्षर सम्पन्न गरिएको हो। चीनमै परराष्ट्रमन्त्रीस्तरमा हस्ताक्षर गर्ने भनिए पनि बेइजिङमा हुने बीआरआई सम्मेलनअघि समय कम भएकाले सचिवस्तरमा उक्त हस्ताक्षर भएको हो। चीनका तर्फबाट भने परराष्ट्र सचिवको अख्तियारी राजदूत यूले पाउनु भएको थियो।

नेपालले सन् 2014 को आरम्भमा बीआरआईमा जाने प्रारम्भिक सहमति गरेकामा औपचारिक पत्राचार हुन डेढ वर्ष लागेको थियो। त्यसपछि निष्कर्षमा पुग्न अर्को नौ महिना लागेको हो। चीनले आफ्नो योजनाका विषयमा विश्वलाई उत्साहित बनाउन वैशाख 31 र जेठ 1 मा बेइजिङमा अन्तर्राष्ट्रिय बीआरआई सम्मेलन गर्दै छ। त्यसमा विश्वका उच्च नेताहरू सहभागी हुनेछन्। नेपालबाट उपप्रधानमन्त्री महराको नेतृत्वमा अन्य दुई मन्त्रीसहित 11 सदस्यीय टोली त्यसतर्फ जाँदैछ। उक्त टोली सम्मेलनमा सहभागी हुनुअगावै सम्झौता आवश्यक रहेकाले पनि पछिल्लो समय 'हतारो' भएको हो।

1  2  
जानकारी तथा लेखहरु