फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग प्रस्तावबाट आर्थिक ब्यापारिक सहकार्यलाई प्रबर्द्धनका लागि महत्वपूर्ण मञ्चको स्थापना

(GMT+08:00) 2017-05-12 18:37:12

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च पैचिङमा आयोजना हुनलागेको परिप्रेक्ष्यमा पाकिस्तानी सिनेट एवं चीन-पाकिस्तान आर्थिक करिडोर परिषद्का अध्यक्ष महमद ताल्हा महमुदले मे एघार तारिख हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ।

अन्तर्वार्तामा अध्यक्ष महमुदले एक पेटी एक मार्ग प्रस्ताव विभिन्न मुलुक बीचको आर्थिक-ब्यापारिक सहकार्य र सांस्कृतिक आदान-प्रदानलाई अघि बढाउनका लागि एक महत्वपूर्ण मञ्च रहेको कुरा औंल्याउनुभएको छ।

यस पटकको एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको आयोजनामार्फत चीनले समस्त विश्व आर्थिक विकासका लागि अझ ठूलो योगदान गर्न सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु