फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का भ्रमणमा

(GMT+08:00) 2017-05-13 15:28:58

थाइल्यान्ड र श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा थाइल्यान्डमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार बिहान श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नु भएको छ। श्रीलङ्काका राष्ट्रपति मैत्रीपला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ श्रीलङ्का भ्रमणमा जानु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुँदैहुनुहुन्छ। वैशाख 29 गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख 31 गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ।

सन् 2000 देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो। सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन्। श्रीलङ्काले तीन दिनसम्म यससम्बन्धी विशेष सम्मेलन गर्दछ। श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्ने र श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नुहुनेछ।

यसअघि राष्ट्रपति भण्डारीलाई थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बिदाइ गर्नुभयो।

जानकारी तथा लेखहरु