फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र गणतन्त्र कोरिया पनि एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च सहभागी हुने

(GMT+08:00) 2017-05-13 15:49:32

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मे बाह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनमा एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुने अमेरिका र गणतन्त्र कोरिया आदि मुलुकका प्रतिनिधिको अवस्थाबारे जानकारी दिनुभएको छ।

एक पेटी एक मार्ग प्रस्ताव खुलस्त र सहिष्णु प्रस्ताव भएकाले यस पटकको एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुन चीनले विभिन्न पक्षहरूको निकै स्वागत गरेको कुरा पनि प्रवक्ता कङले बताउनुभएको छ। उहाँका अनुसार, अमेरिकी राष्ट्रपतिका विशेष सहायक एवं ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का एशिया मामिला उच्च प्रमुख माट पोटिङगरले प्रतिनिधि मण्डलको नेतृत्व गरेर मञ्चका शृंखलाबद्ध गतिबिधिमा भाग लिनुहुने कार्यक्रम छ। गणतन्त्र कोरियाली काँग्रेसका साँसद एवम् काँग्रेसका पूर्व उपसभामुख पार्क ब्योङ सेओक गणतन्त्र कोरिया सरकारको तर्फबाट उक्त शिखर मञ्चमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु