फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र विदेशी राजनीतिक अतिथिहरू बीच भेटघाट

(GMT+08:00) 2017-05-13 15:52:06

एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च भोलि मे चौध तारिख पैचिङ्गमा आयोजना हुनुअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गोलिया, पोल्याण्ड, इथियोपिया र चेक आदि मुलुकका नेताहरूसँग भेटघाट गर्नुभएको छ।

मङ्गोलियाली प्रधानमन्त्रीसँग मे बाह्र तारिख राष्ट्राध्यक्ष सीले भेटघाट गर्नुभएको पहिलो विदेशी नेता हुनुहुन्छ। उहाँले गत वर्षको जुलाई महिनामा मङ्गोलियाली प्रधानमन्त्रीको पद सम्हालेपछि चीन आउनुभएको पनि यो पहिलो पटक हो।

राष्ट्राध्यक्ष सीले हिजो मध्य पूर्वी यूरोपेली मुलुकका दुईजना नेता अर्थात् चेकका राष्ट्रपति र पोल्याण्डका प्रधानमन्त्रीसँग पनि भेटघाट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले आज मे तेह्र तारिख पैचिङ्गमा हंगेरीका प्रधानमन्त्री र ग्रिसका प्रधानमन्त्रीसँग पनि भेटघाट गर्नुभएको छ।

जानकारी तथा लेखहरु