फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा पाकिस्तानी प्रधानमन्त्री शरिफ बीच भेट-वार्ता

(GMT+08:00) 2017-05-13 15:52:59
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे तेह्र तारिख त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुन चीन आउनुभएका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट-वार्ता गर्नुभएको छ।

वार्ताका क्रममा राष्ट्राध्यक्ष सीले चीन-पाकिस्तान सम्बन्धलाई चीनले सधैं नै चीनको परराष्ट्रको प्राथमिकतामा राख्दैआएको बताउँदै पाकिस्तानसँगै मिलेर दुवै देश बीचको हरपलको रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई निरन्तर रुपमा यथेष्ट पार्दै जान चीन इच्छुक रहेको कुरा पनि औँल्याउनुभएको छ।

प्रत्युत्तरमा पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तान र चीन बीचको परम्परागत मित्रताको जग निकै बलियो रहेको बताउँदै चीनसँगै मिलेर सक्रियताका साथ पाकिस्तान-चीन आर्थिक करिडोर लगायतका परियोजनाहरूलाई व्यवहारमा उतार्न प्रयास गर्दैजाने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु