फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यो साताका दक्षिण एशियाका मुख्य समाचारहरु

(GMT+08:00) 2017-05-13 17:39:13
नेपालको द काठमाण्डु पोष्टले मे आठ तारिख जनाएअनुसार चीनको इन्टनेट मे महिनाभित्रै नेपालमा प्रवेश गर्दैछ। सो समाचार अनुसार चाइना टेलिकम्युनिकेसन र नेपाल टेलिकम्युनिकेसनले संयुक्त रुपमा चिनियाँ इन्टनेट नेपालमा प्रवेश गराउने योजना संचालन गरेका छन्। चिनियाँ इन्टरनेट नेपालमा प्रवेश गरेपछि नेपालमा भारतीय इन्टरनेटको एकाधिकार तोडिनेछ।

मे दश ताररिख संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधि अलोधीले न्युयोकमा अन्तर्वार्ता दिँदै "एक पेटी एक मार्ग"प्रस्तावले विश्व आर्थिक विकासका लागि नयाँ शक्ति दिने बताउनुभयो। उहाँले उक्त प्रस्ताव 21 औँ शताब्दीको सबैभन्दा राम्रो प्रस्ताव भएको पनि उल्लेख गर्नुभएको छ।

चीन तथा नेपालबीचमा मे बाह्र तारिख नेपालको परराष्ट्रमन्त्रालयमा एक पेटी एक मार्ग सहकार्यमा हस्ताक्षर सम्पन्न भएको छ। नेपालका लागि चिनियाँ राजदूत यु होङ र नेपालको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै सन् 2013 मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले एक पेटी एक मार्ग प्रस्ताव प्रस्तुत गर्नुभएपछि एक सयभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनले यसलाई समर्थन गरेको बताउनुभयो। हालसम्म चालीसभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनले चीनसँग सहकार्य सम्झौतामा हस्ताक्षर गरिसकेको जानकारी पनि राजदूत युले दिनुभएको छ।

नेपालका परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले एक पेटी एक मार्ग प्रस्तावमा सहभागी हुनु निकै महत्वपूर्ण कुरा रहेको बताउँदै त्यसले नेपाल-चीन मित्रता र सहयोगको नयाँ अध्याय खोल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।

नेपालको पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याकअनुसार नेपाल आउने चिनियाँ पर्यटकको संख्या प्रति वर्ष बृद्बि हुँदै छ। सन् 2016 मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या एक लाखभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु